यात्रुसँगै सार्वजनिक बसमा मन्त्री लामिछाने देखिएपछि…
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सार्वजनिक चितवन जानेक्रममा सार्वजनिक गाडिमा देखिएका छन् । मन्त्री भएपछि सुशासन आफैबाट सुरू गर्ने प्रतिवद्धता जनाएका मन्त्री लामिछानेलाई सार्वजनिक गाडिमा देखेपछि यात्रुहरू निकै खुशी भएका छन् ।
मन्त्री भएपछि उनी पहिलोपटक चितवन जान लागेका हुन् । मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा मन्त्री लामिछाने चितवन–४ बाट भारी मतले निर्वाचित भएका थिए ।
गाडिमा उनी उभिएर यात्रा गरिरहेका छन् । यात्रुहरूले मन्त्रीको फोटो आफ्नो मोबाइलमा कैद गर्न व्यस्त देखिन्छ । हसिलो मुद्राम देखिएका मन्त्री लामिछानेले सिटमा बसेका महिलासँग भलाकुसारी गरिरहेका देखिन्छन् । एक मिनेट १६ सेकेन्डको उक्त भिडियो नेता दिपक बोहोराले सामाजिक सञ्जाल फेसबुकमा शेयर गरेका छन् । उक्त भिडियोमा यात्रुसँग मन्त्रीले सुविधा हामीले लिने होइन तपाईंहरूलाई दिने हो भनिरहेका छन् ।
‘सुविधा हामीले लिने होइन तपाईंहरूलाई दिने हो’, यात्रुसँग मन्त्री लामिछानेले भने । जवाफमा यात्रुले सबै नेताले यस्तै भनेका भए आज हामीले यस्तो दुःख पाउँछन् भनिरहेका छन् ।
‘अब देश बनाउनु पर्छ । म त पहिले देखि नै तपाईंको ठूलो फ्यान हौं’, मन्त्रीप्रति आभार प्रकट गर्दै यात्रुले भनेका छन् । यात्रुको सुझावमा सहमत जनाउँदै हामी काम गर्छौं भनिरहेका छन् ।
ताजा अपडेट
-
प्रधानमन्त्री भन्छन्- मलाई पनि राजदूत बन्न मन छ, पीएमको नम्बर दिनुस् न
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन


प्रतिक्रिया