गौर घटनाका पीडित परिवारलाई क्षतिपूर्ति दिन सरकारलाई निर्देशन
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले गौर घटनामा ज्यान गुमाउने व्यक्तिका प्रत्येक परिवारलाई तीन महिनाभित्र क्षतिपूर्ति दिन निर्देशन दिएकोे छ ।
आयोगको पुस १९ मा बसेको बैठकले उक्त घटनामा ज्यान गुमाएका परिवारलाई कम्तीमा तीन लाख रूपैयाँ दिन निर्देशन दिएको हो । घटना घटेको १६ वर्ष पूरा हुनै लागे पनि पीडितका आफन्तले अहिलेसम्म कुनै सहयोग प्राप्त गरेका छैनन् ।
त्यस्तै, दीर्घकालीन रूपमा उपचार गराइरहनुपर्ने घाइतेहरूको पहिचान गरी निःशुल्क उपचारको व्यवस्था मिलाउन पनि आयोगले निर्देशन दिएको छ । निको भएका र आफैंले उपचार खर्च व्यहोरेका घाइतेहरूलाई उपचार खर्चको शोधभर्नासमेत उपलब्ध गराउन आयोगले सरकारलाई पत्राचार गरेको छ ।
आजभन्दा १६ वर्षअघि २०६३ सलमा नेकपा(माओवादी) र मधेशी जनअधिकार फोरम नेपालबीच भएको झडप हिंसामा परिणत हुँदा २८ जनाको मृत्यु भएको थियो भने ११५ जना घाइते भएका थिए ।
ताजा अपडेट
-
झापामा पूर्वशिक्षकबाटै एरिनाबाट गोली प्रहार भएको खुलासा
-
नेपालमा रहेका वेष्ट इन्डिजका तीन खेलाडी विश्वकप टोलीमा
-
आरबी कम्प्लेक्स र पिपुल्स प्लाजाद्वारा लाखौं कर छली
-
सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने
-
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैन : अर्थमन्त्री पुन
प्रतिक्रिया