नेपाल प्रहरीका १७ अधिकृतको काज सरूवा, को कता पुगे ?
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले १७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को काज सरूवा गरेको छ ।
यसरी सरूवा हुनेमा प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत डीआईजी बसन्तबहादुर कुँवरले मधेश प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी पाएका छन् । यसैगरी प्रहरी प्रधान कार्यालयका डीआईजी दीपक थापा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडा पुगेका छन् ।
प्रहरी प्रवक्ता टेकप्रसाद राईले लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङ पुगेका छन् । प्रदेश १ प्रहरी कार्यालय, विराटनगरको जिम्मेवारी श्यामलाल ज्ञवालीले पाएका छन् । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नेतृत्वमा रहेका थिए । त्यस्तै प्रहरी महानिरीक्षकको सचिवालयमा कर्णाली प्रदेशका पोषराज पोख्रेल आएका छन् भने भीमप्रसाद ढकाल कर्णाली प्रदेश खटाइएका छन् ।
गण्डकी प्रदेशको जिम्मेवारी बुद्धिराज गुरुङले पाएका छन् । मधेश प्रहरी प्रमुख मसाउद आलम खाँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरी आएका छन् । त्रिभुवन विमानस्थलमा किरण राणाले जिम्मेवारी पाएकी छिन् ।
अशोक सिंहले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीको जिम्मा पाएका छन् । प्रहरी विशेष व्यूरोको जिम्मेवारी सुदीप गिरीले पाएका छन् । उनीहरूको काज सरूवा फाइलमा बिहीबार प्रहरी महानिरिक्षक धिरजप्रताप सिंहले सदर गरेका हुन् ।



ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया