सुनको मूल्य एक लाख ४ हजार नजिक
काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबारका तुलनामा ५ सय रूपैयाँले उकालो लागेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख तीन हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
बिहिबार छापावल सुन एक लाख तीन हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार बिहीबार एक लाख २९ सय रूपैयाँ कायम भएको तेजावी सुनको मूल्य शुक्रबार एक लाख ३४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य ५ रूपैयाँ बढेर एक हजार तीन सय ६५ रूपैयाँ तोकिएको महासंघले जनाएको छ ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया