NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

दुई महिना ११ दिनमा जेलमुक्त भए पूर्वकप्तान सन्दीप लामिछाने

काठमाडौं । राष्ट्रिय क्रिकेट टिममा पूर्वकप्तान सन्दीप लामिछाने २० लाख धरौटी राखेर रिहाइ भएका छन् ।

पाटन उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएबमोजिम धरौटी तिरेर उनी शुक्रबार छुटेका हुन् । पूर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेश बदर गर्दै न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले बिहीबार सन्दीपलाई २० लाख धरौटी माग दाबीसहित रिहाइ गर्न आदेश दिएको थियाे ।

अदालतको आदेश बमोजिम लामिछानेको परिवारले जिल्ला अदातल काठमाडौंमा धरौटी रकम जम्मा गरेपछि उनी रिहाइ भएका उनका कानुन व्यवसायी सरोज कुमार घिमिरेले जाकारी दिए । घिमिरेका अनुसार आवश्यक कानुनी प्रक्रिया पुरा गरी लामिछाने रिहा भएका हुन् ।

लामिछाने धरौटीमा रिहाइ भएपनि अदालतको अनुमतिबिना विदेश जान, सामाजिक सञ्जालमा प्रतिक्रिया दिन, काठमाडौं छाड्न रोक लगाइएको छ । तर उनलाई काममा फर्किन भने कुनै रोक लागाइएको छैन ।

लामिछानेविरुद्ध एक नाबालिकमाथि जबरजस्ती करणीसम्बन्धी कसूरमा प्रहरीसमक्ष किटानी दर्ता भएपछि उनी असोज २० गते त्रिभुवन विमान स्थलबाट पक्राउ परेका थिए । पीडितले आफूलाई कप्तान लामिछानेले दुई पटक बलात्कार गरेको गौशालाका प्रहरीसमक्ष बताएकी थिइन् । लामिछाने ६ भदौमा टी–२० सिरिज खेल्न केन्या गएका थिए । त्यसको अघिल्लो दिन उनले पीडितलाई पिंगलास्थानस्थित होटल काठमाडौं इनमा बोलाएर दुई पटक बलात्कार गरेको पीडितको आरोपमा उनी पक्राउ परेका हुन् ।

विदेश रहेकै बेलामा लामिछानेविरुद्ध उजुरी परेपछि उनको कप्तान पद निलम्बनमा परेको थियो । १८ कात्तिकमा लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ । तर जिल्ला अदालतको आदेशविरुद्ध लामिछानेका कानुन व्यवसायीले उच्च अदालत गएका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष