ओलीमाथि घनश्यामको आरोप : सर्वत्र ओलीवाद हावी भएपछि कम्युनिस्ट आन्दोलन धरापमा पर्यो

काठमाडौं । एमाले परित्याग गरेका नेता घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका छन् ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले पार्टी प्रवेश गरेको घोषणा गरे । कार्यक्रममा भुसालले पूर्वअध्यक्ष केपी ओलीलाई ओलीवादकै आडमा संवैधानिक सर्वोच्चता र जनताको बहुदलीय जनवादलाई ध्वस्त बनाएको आरोप लगाएका छन् ।
‘ओलीवाद, ओली विचार र ओली संगठनसँगको विचाराधारात्मक संघर्षपछि मैले नेकपा एसमा आफ्नो सदस्यता नवीकरण गरेको हुँ । एमालेमा संगठन कस्तो हुन्छ भन्दा सौराहा काण्ड देखिएकै हो । सिद्धान्त के हो भन्दा राज्य र पार्टी सबै मेरा चाकर हुन् । विचार के हो भन्दा सर्वत्र म । ज्ञान, विज्ञान र तर्कमाथि ओलीवाद हाबी भएका कारण कम्युनिस्ट आन्दोलन अप्ठेरोमा परेको हो’, ओलीामथि भुसालले आरोप लगाए ।
अब ओलीवादले धराशायी बनाएको कम्युनिष्ट आन्दोलन समाजवादीले नै अघि बढाउँने उनको तर्क छ । त्यस्तै भुसालले एकीकृत कम्युनिस्ट पार्टी र नेकपाको असली विरासत माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा रहेको दाबी गरे।
मंसिर ४ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा ओलीले टिकट नदिएपछि उनले २२ असोजमा एमाले परित्याग गरेका थिए । गठबन्धनको सहयोगमा रुपन्देही–१ बाट उम्मेदवार बनेका उनी एमाले सचिव छविलाल विश्वकर्मासँग पराजित भएका थिए ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया