सरकारी ऐनअनुसार देशभर एउटा मात्र क्रसर दर्ता
काठमाडौं । देशभर सञ्चालनमा रहेका सयौं क्रसर उद्योगमध्ये कतिले प्रचलित ऐन पछ्याएका होलान् ? सुन्दा अनौठो लाग्न सक्छ, तर देशभर सञ्चालित यतिका क्रसर उद्योगमध्ये एउटा मात्र कानूनअनुसार दर्ता गरेर सञ्चालित छ भने बाँकी सबै अवैध छन् ।
क्रसर सञ्चालन गर्न औद्योगिक व्यवसाय ऐन, २०७६ को प्रबन्ध गरिएको छ । जसअनुसार, मोरङको इस्टर्न एग्रिगेट प्रालिले मात्रै ०७६ मा जारी औद्योगिक व्यवसाय ऐनलाई पालना गरेको पाइएको छ ।
ऐनले ढुंगा, गिटी, बालुवा उत्खनन, प्रशोधन गर्ने उद्योगसमेतलाई समेटेर क्रसरलाई पनि अनुमति लिनुपर्ने उद्योगअन्तर्गत सूचीकृत गरेको छ । करिब ५० क्रसरले दर्ताका लागि अनुमति पाएका छन् । अनुमतिपछि पनि दर्ताका लागि वातावरणीय प्रभाव मूल्यांकनलगायतका लामो प्रक्रिया बाँकी हुन्छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया