नेपाल र पौडेलबीच भेटवार्ता, के भयो कुराकानी ?
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
दुईबीच एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, आलोकनगरमा शनिबार बिहान भेटवार्ता भएको हो ।
नेपालको सचिवालयका अनुसार, दुईबीच झण्डै आधा घण्टा छलफल भएको थियो । छलफलको विषयबारे भने केही बताइएको छैन ।
राष्ट्रपतिका आकांक्षी नेता पौडेल चुनावी गठबन्धनलाई नै निरन्तरता दिने पक्षमा थिए । गठबन्धनलाई निरन्तरता दिएर आफू राष्ट्रपति बन्ने उनको दाउ थियो । तर एकाएक गठबन्धन टुटेपछि पौडेल आफ्नो पक्षमा माहोल बनाउन भित्रभित्रै सक्रिय छन् । शनिबार दुई नेताबीच भएको भेटवार्तालाई पनि यसैसँग जोडेर हेरिएको छ ।
ताजा अपडेट
-
प्रधानमन्त्री भन्छन्- मलाई पनि राजदूत बन्न मन छ, पीएमको नम्बर दिनुस् न
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन


प्रतिक्रिया