नेपाल र पौडेलबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
दुईबीच एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, आलोकनगरमा शनिबार बिहान भेटवार्ता भएको हो ।
नेपालको सचिवालयका अनुसार, दुईबीच झण्डै आधा घण्टा छलफल भएको थियो । छलफलको विषयबारे भने केही बताइएको छैन ।
राष्ट्रपतिका आकांक्षी नेता पौडेल चुनावी गठबन्धनलाई नै निरन्तरता दिने पक्षमा थिए । गठबन्धनलाई निरन्तरता दिएर आफू राष्ट्रपति बन्ने उनको दाउ थियो । तर एकाएक गठबन्धन टुटेपछि पौडेल आफ्नो पक्षमा माहोल बनाउन भित्रभित्रै सक्रिय छन् । शनिबार दुई नेताबीच भएको भेटवार्तालाई पनि यसैसँग जोडेर हेरिएको छ ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया