समाजवादीको सचिवालय सदस्यमा घनश्याम भुसाल मनोनीत

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले घनश्याम भुसाललाई सचिवालय सदस्यमा मनोनीत गरेको छ ।
शनिबार बसेको सो पार्टीको बैठकले भुसाललाई सचिवालय सदस्यमा मनोनीत गरेको हो ।
एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले भुसाललाई सचिवालय सदस्यमा मनोनीत गर्ने निर्णय गरिएको जानकारी दिए ।
भुसाल शुक्रबार मात्रै एकीकृत समाजवादी प्रवेश गरेका थिए । एमालेमा छँदा लामो समय माधवकुमार नेपाललाई साथ दिएका उनी पार्टी विभाजनमा एमालेमै बसेका थिए । तर प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा टिकट वितरणमा एमाले अध्यक्ष ओलीले अपनाएको कार्यशैलीप्रति रुष्ट बन्दै रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । गठबन्धन दलले समर्थन गरे पनि उनी एमालेका छविलाल विश्वकर्मासँग परास्त भएका थिए ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया