जासुसीको आरोपमा इरानले दियो बेलायती नागरिकलाई फाँसी

काठमाडौं । इरानले बेलायत र आफ्नो देशको दोहोरो नागरिकता लिएका एक व्यक्तिलाई फाँसी दिएको छ । अलिरेजा अकबरी नाम गरेका ती व्यक्तिलाई जासुसको आरोपमा फाँसी दिइएको हो ।
बुधबार अकबरीको परिवारलाई जेलमा गएर उनीसँग ‘अन्तिम भेट’ गर्न भनिएको थियो । उनलाई एक ठाउँमा एक्लै बन्दी बनाएर राखिएको अकबरीकी श्रीमतीले बताइन् ।
अलिरेजा अकबरी इरानका पूर्व उप रक्षामन्त्री थिए। उनी सन् २०१९ मा पक्राउ परेका थिए । पछि उनलाई बेलायतका लागि जासुसी गरेको आरोप लागेको थियो । उनले यी आरोपहरू अस्वीकार गर्दै आएका थिए।
बेलायतले इरानलाई अकबरीलाई दिइएको मृत्युदण्ड रोक्न र जतिसक्दो चाँडो रिहा गर्न आग्रह गरेको थियो ।
शुक्रबार बेलायती विदेश सचिव जेम्स क्लिभरलीले इरानले मृत्युदण्डको धम्की नराख्ने बताएका थिए।
ट्विटमा उनले लेखेका छन्, ‘यो मानव जीवनको कदर नगर्ने बर्बर शासनको राजनीतिक रूपमा प्रेरित कदम हो।’
अलिरेजा अकबरीको मृत्युमा आश्चर्य व्यक्त गर्दै बेलायती प्रधानमन्त्री ऋषि सुनकले यसलाई कायरतापूर्ण कार्य भनेका छन् ।
उनले ट्विट गर्दै भनेका छन्, ‘ब्रिटिश–इरानी नागरिक अलिरेजा अकबारीलाई दिइएको मृत्युदण्डबाट म स्तब्ध छु। यो आफ्नै जनताको मानव अधिकारको सम्मान नगर्ने क्रूर शासनद्वारा गरिएको घृणित र कायरतापूर्ण कार्य थियो। अलिरेजाका साथीहरू र परिवारलाई मेरो समवेदना।’
इरानले यस हप्ता एक भिडियो पोस्ट गरेको थियो जसमा अकबरीले आफूमाथि लगाइएको आरोप स्वीकार गरेको देखिन्छ । यद्यपि, उनलाई यस्तो आरोप स्वीकार गर्न बाध्य पारेको बताइन्छ ।
यसअघि बीबीसी पर्शियन सेवालाई दिएको अडियो सन्देशमा उनले आफूलाई आरोप स्वीकार गर्न यातना दिने गरेको बताएका थिए ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया