राष्ट्रपति र सभामुखबारे कसैसँग सहमति भएको छैन : प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति र सभामुख पदबारे अहिलेसम्म कुनै पनि दलसँग सहमति नभएको स्पष्ट पारेका छन् ।
‘सभामुख, राष्ट्रपतिबारे कसैसँग पनि सहमति गरिएको छैन,’ प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार मूलधारका सम्पादकसँगको भेटघाटमा उनले भने ।
यसअघि माओवादी केन्द्रले एमाले र कांग्रेससँग राष्ट्रपति तथा सभामुख पदबारे सहमति गरेको फरक फरक दाबी बाहिर आएको थियो ।
प्रधानमन्त्री दाहालले नेपाली कांग्रेसले विश्वासको मत दिइसकेकाले उसलाई पनि विश्वासमा लिनु आफ्नो जिम्मेवारी भएको बताए । कांग्रेसले कल्पना नै नगरेको काम गरेर आफूलाई समर्थन गरेकाले सभामुखबारे सोध्नुपर्ने अवस्था बनेको उनको भनाइ छ । यसका निम्ति माघ ३ गते सर्वदलीय बैठक आह्वान गरिएको उनले जानकारी दिए ।
सभामुखको निर्वाचन आगामी माघ ५ गते हुँदैछ ।
‘विश्वासको मत लिँदा कांग्रेसले अनुमान गरिएविपरीत उपस्थिति देखाएकाले उसको बारेमा पनि सोच्नुपर्ने अवस्था छ,’ उनले भने ।
प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषदलाई भोलि विस्तार गर्ने तयारी गरिएको पनि जानकारी दिए । पुस ११ मा प्रचण्डले दुई उपप्रधानमन्त्रीसहित चार मन्त्री लिएर शपथ लिए पनि सत्तासाझेदार दलबीच मन्त्रालय भागबण्डालगायत शक्ति बाँडफाँटमा सहमति नबन्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।
प्रचण्डले आफ्नो पहिलो विदेश छिट्टै भारतबाट हुने जानकारी पनि दिए ।
ताजा अपडेट
-
प्रधानमन्त्री भन्छन्- मलाई पनि राजदूत बन्न मन छ, पीएमको नम्बर दिनुस् न
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन


प्रतिक्रिया