पोखरा विमान दुर्घटना अपडेट : २५ जनाको शव निकालियो
काठमाडौं । पोखरामा भएको यती एयरलायन्स जहाज दुर्घटनास्थलबाट सुरक्षाकर्मीले २५ जनाको शव संकलन गरिएको छ । गण्डकी प्रदेश कार्यालयका प्रवक्ता शारदाप्रसाद चाैधरीले २५ जनाको शवहरू निकालेर गण्डकी अस्पतालमा लगिएको बताए ।
सेतीको अनाकन्टार खोचमा विमान दुर्घटना भएकाले उद्धारकार्य निकै कठिनाइ भइरहेको उनले बताए । अहिले घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना, शसस्त्रप्रहरीलगायतका सुरक्षाकर्मीहरूले सव संकलनकार्य भइरहेको उनले जानकारी दिए ।
काठमाडाैंबाट पोखरा गइरहेको विमानमा चालक दलका चार सदस्यसहित ६८ जना यात्रु सवार थिए । विमान दुर्घटनाको कारण अहिलेसम्म खुल्न सकेको छैन ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया