पोखरा विमान दुर्घटना अपडेट : २५ जनाको शव निकालियो

काठमाडौं । पोखरामा भएको यती एयरलायन्स जहाज दुर्घटनास्थलबाट सुरक्षाकर्मीले २५ जनाको शव संकलन गरिएको छ । गण्डकी प्रदेश कार्यालयका प्रवक्ता शारदाप्रसाद चाैधरीले २५ जनाको शवहरू निकालेर गण्डकी अस्पतालमा लगिएको बताए ।
सेतीको अनाकन्टार खोचमा विमान दुर्घटना भएकाले उद्धारकार्य निकै कठिनाइ भइरहेको उनले बताए । अहिले घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना, शसस्त्रप्रहरीलगायतका सुरक्षाकर्मीहरूले सव संकलनकार्य भइरहेको उनले जानकारी दिए ।
काठमाडाैंबाट पोखरा गइरहेको विमानमा चालक दलका चार सदस्यसहित ६८ जना यात्रु सवार थिए । विमान दुर्घटनाको कारण अहिलेसम्म खुल्न सकेको छैन ।
ताजा अपडेट
-
कामपामा सबैभन्दा बढी भवन खाली गराइ पाउँ भन्ने विवाद
-
७७ वर्षीय बालकृष्णको ड्रागन फ्रुट खेती, वार्षिक १० लाख आम्दानी
-
राहदानी नागरिकको विलासिताको वस्तु होइन, आधारभूत अधिकार हो : परराष्ट्रमन्त्री देउवा
-
समृद्ध समाज निर्माणमा बकर ईद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री
-
पोखरीमा डुबेर दुई बालकको मृत्यु
प्रतिक्रिया