दुर्घटनाग्रस्त विमानमा ५३ नेपालीसहित १५ जना विदेशी सवार
काठमाडौं । आइतबार बिहान पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनामा चालक दलका चार जना सदस्यसहित ५३ जना नेपाली, १५ जना विदेशी रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।
प्राधिकरणले जारी गरेको विज्ञप्ति अनुसार काठमाडौंबाट स्थानीय समय अनुसार विहान १०ः ३२ बजे पोखराको लागि उडेकाे यति एयरकाे NYT 691 9N-ANC विमान दुर्घटना भएकाे थियाे ।
उक्त विमानमा नेपाली ५३ जना विदेशीहरु मा भारतिय ५, रशियन ४, आयरल्यान्ड अस्ट्रेलियन अर्जेन्टिनि १, कोरियन २ फान्सेलि १ गरि जम्मा ८ जना यात्रु र ४ जना चालक दलका सदस्य सहित ७२ जना रहेकाे प्राधिकरणाले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।
विमान पोखरा महानगरपालिका–१५ नयाँगाउँस्थिति सेतीको खोंचमा खसेको थियो । दुर्घटनामा परेका यात्रुहरुमध्ये अहिलेसम्म ३२ जनाको शव निकाललिएको छ ।

ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया