दुर्घटनाग्रस्त विमानमा ५३ नेपालीसहित १५ जना विदेशी सवार
काठमाडौं । आइतबार बिहान पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनामा चालक दलका चार जना सदस्यसहित ५३ जना नेपाली, १५ जना विदेशी रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।
प्राधिकरणले जारी गरेको विज्ञप्ति अनुसार काठमाडौंबाट स्थानीय समय अनुसार विहान १०ः ३२ बजे पोखराको लागि उडेकाे यति एयरकाे NYT 691 9N-ANC विमान दुर्घटना भएकाे थियाे ।
उक्त विमानमा नेपाली ५३ जना विदेशीहरु मा भारतिय ५, रशियन ४, आयरल्यान्ड अस्ट्रेलियन अर्जेन्टिनि १, कोरियन २ फान्सेलि १ गरि जम्मा ८ जना यात्रु र ४ जना चालक दलका सदस्य सहित ७२ जना रहेकाे प्राधिकरणाले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।
विमान पोखरा महानगरपालिका–१५ नयाँगाउँस्थिति सेतीको खोंचमा खसेको थियो । दुर्घटनामा परेका यात्रुहरुमध्ये अहिलेसम्म ३२ जनाको शव निकाललिएको छ ।

ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया