देउवाको सरकारलाई निर्देशन : विमान दुर्घटनामा परेकालाई तत्काल प्रभावकारी उद्दार गर्नु

काठमाडौं । पोखरामा आइतबार भएको विमान दुर्घटनाप्रति विपक्षी दलका नेता तथा कांग्रेस सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् ।
आइतबार एक विज्ञप्ति जारी गर्दै देउवाले काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटनाको खवरले स्तव्ध भएको उल्लेख गरेका छन् ।
‘यस दुखद् र त्रासदीपूर्ण दुर्घटनाको तत्कालै प्रभावकारी रुपमा उद्दार कार्य अघि बढाउन नेपाल सरकारसँग अनुरोध गर्दछु। साथै उद्दारमा खटिन नेपाली कांग्रेसको स्थानीय पार्टीका सबै निकायलाई निर्देशन गर्दछु’, देउवाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
ताजा अपडेट
-
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई ६ महिनाको जेल सजाय
-
राष्ट्रियसभालाई विधेयकमा दुईवर्षे कुलिङ पिरियडको व्यवस्था गर्न अनुरोध गर्ने समितिको निर्णय
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
प्रतिक्रिया