देउवाको सरकारलाई निर्देशन : विमान दुर्घटनामा परेकालाई तत्काल प्रभावकारी उद्दार गर्नु
काठमाडौं । पोखरामा आइतबार भएको विमान दुर्घटनाप्रति विपक्षी दलका नेता तथा कांग्रेस सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् ।
आइतबार एक विज्ञप्ति जारी गर्दै देउवाले काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटनाको खवरले स्तव्ध भएको उल्लेख गरेका छन् ।
‘यस दुखद् र त्रासदीपूर्ण दुर्घटनाको तत्कालै प्रभावकारी रुपमा उद्दार कार्य अघि बढाउन नेपाल सरकारसँग अनुरोध गर्दछु। साथै उद्दारमा खटिन नेपाली कांग्रेसको स्थानीय पार्टीका सबै निकायलाई निर्देशन गर्दछु’, देउवाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया