विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शव भोलि परिवारलाई बुझाइने

काठमाडाैं । बिहान यती एयरलायन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाकाहरूको शव सोमबार आफन्तलाई जिम्मा लगाउने भएको छ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले मृतकको शव भोलि परिवारलाई बुझाइने जानकारी दिएका हुन् ।
अहिले मृत्यको शव स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिने भएको छ ।पहिचान हुन नसकेका शवको डीएनए परीक्षण गरिने त्यसका लागि शवको डीएनए भोलि नै काठमाडौं पठाइने उनले बताए ।
पोखरास्थित सेती नदीको खोँचमा दुर्घटना भएको यती एयरलायन्सको विमानमा सवारमध्ये ६८ जनाको शव फेला परिसकेको छ । दुर्घटनामा परी मृत्यु हुनेमा ३७ पुरूष, २५ महिला, तीन बालक र तीन शिशु रहेको नेपाल उड्डयन प्राधिकरणले जानकारी दिएको छ । मृतकमध्ये १५ जना विदेशी रहेको छ ।
विमानमा जम्मा ७२ जना सवार थिए ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया