विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शव भोलि परिवारलाई बुझाइने
काठमाडाैं । बिहान यती एयरलायन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाकाहरूको शव सोमबार आफन्तलाई जिम्मा लगाउने भएको छ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले मृतकको शव भोलि परिवारलाई बुझाइने जानकारी दिएका हुन् ।
अहिले मृत्यको शव स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिने भएको छ ।पहिचान हुन नसकेका शवको डीएनए परीक्षण गरिने त्यसका लागि शवको डीएनए भोलि नै काठमाडौं पठाइने उनले बताए ।
पोखरास्थित सेती नदीको खोँचमा दुर्घटना भएको यती एयरलायन्सको विमानमा सवारमध्ये ६८ जनाको शव फेला परिसकेको छ । दुर्घटनामा परी मृत्यु हुनेमा ३७ पुरूष, २५ महिला, तीन बालक र तीन शिशु रहेको नेपाल उड्डयन प्राधिकरणले जानकारी दिएको छ । मृतकमध्ये १५ जना विदेशी रहेको छ ।
विमानमा जम्मा ७२ जना सवार थिए ।
ताजा अपडेट
-
१६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब रुपैयाँ लगानी
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
रोल्पाको माडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित


प्रतिक्रिया