प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राजदूतबीच भेटवार्ता
काठमाडौं । नेपालका लागि नवनियुक्त चिनियाँ राजदुत चेन सोङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।
भेटमा दुई देशबीचको सम्बन्ध विस्तार, नेपालको स्थायित्व, विकास र समृद्धिको विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
साथै राजदुत सोङले तेस्रोपटक प्रधानमन्त्री भएकोमा चिनियाँ, राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट प्रचण्ड बधाई सन्देश हस्तान्तरण गरेका थिए ।
चिनियाँ सहयोग, सद्भाव र भातृत्वको लागि प्रधानमन्त्रीले धन्यवाद भन्दै आफ्नो तर्फबाट रास्ट्रपति सि जिन पिङ्ग र प्रधानमन्त्रीलाई सफलता र प्रगतिको शुभकामना व्यक्त गरेका थिए । राजदुत सोङ गत हप्तामात्र नेपाला आएका हुन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया