आमा बनेकी खुशीयालीमा बहिनीलाई भेट्न नेपाल आएका भाइ, जो देश फर्किन पाएनन्
काठमाडाैं । आइतबार पोखरामा यती एयरलायन्सको विमान दुर्घटना भयो । विमानमा सवार ७२ जनाले ज्यान गुमाएका छन् । विमानमा सवार पाँच भारतीय नागरिकले पनि ज्यान गुमाएका छन् ।
ज्यान गुमाउने पाँच भारतीय नागरिकमध्ये एक जना विहारको वैरगानियाका सञ्जय जैसवाल हुन् । उनी नेपालमा विहे भएकी बहिनीले छोरी जन्मिएको खुशीयालीमा भेटघाटका लागि विहारको सीतामढबाट नेपाल आएका थिए । त्यसैमा आइतबार उनी यतीको विमानबाट पोखरा गएका थिए । त्यसैमा उनको ज्यान गयो ।
उनको मृत्युको खबरले घर पूरै शोकमा डुबेको छ । उनका बुवा र आमा छोराको मृत्युको वियोगमा डुबेका छन् । उनी बहिनीलाई भेट्न काठमाडाैंबाट पोखरा जाँदै थिए । उनकी बहिनी पोखरमा बस्छिन् । उनले भर्खरै मात्रै छोरीलाइ जन्म दिएकी थिइन् । जसको कारण दुबै परिवारका सदस्यहरू निकै खुशी थिए । यसै खुशीयालीमा सञ्जय दिदीको घरमा आएका थिए ।
दिदीलाई भेट्न आएका भाइ जसले न दिदीसँग भेट्न पाए नत देश नै फर्केर जान पाए । उनी नेपालको आकाशमै अस्ताए । – एजेन्सी
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया