NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ १ गते

भारतबाट बढेर आयो पेट्रोलको मूल्य

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई नयाँ मूल्य सूची पठाएको छ । आइतबार प्राप्त नयाँ मूल्यअनुसार भारतले पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ ५१ पैसा बढाएर पठाएको छ ।

निगमका अनुसार आईओसीले डिजेलको मूल्य भने घटाएर पठाएको छ । नयाँ मूल्यसूचीअनुसार भारतले डिजेल प्रतिलिटर ३ रुपैयाँ ७० पैसा घटाएर पठाएको हो ।

यसभन्दा अघि निगमले पेट्रोलको मूल्य ३ रूपैयाँ घटाएको थियो । हाल पेट्रोल प्रतिलिटर १७५ रूपैयाँ र डिजेल १७२ रूपैयाँ छ ।

आईओसीले नयाँ मूल्य घटाएर पठाएपनि निगमले मूल्य समयोजनबारे केही निर्णय गरेको छैन ।

ताजा अपडेट

नेपालवाच विशेष