चिनियाँ रासायनिक कारखानामा विस्फोट, दुई जनाको मृत्यु
एजेन्सी । चीनको एक रासायनिक कारखानामा भएको विस्फोटमा परी दुई जनाको मृत्यु भएको छ भने अन्य १२ जना हराइरहेका छन् । घटनामा ३४ जना घाइते भएका छन् ।
उत्तरपूर्वी लियाओनिङ प्रान्तको पानशान काउन्टीमा रहेको एक कारखानामा आइतबार दिउँसो विस्फोट भएको सरकारी प्रसारक सिसिटिभीले जनाएको छ । विस्फोटपछि १२ जना हराइरहेका र घाइतेलाई उपचारका लागि अस्पताल भर्ना गरिएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै सिसिटिभीले जनाएको छ ।
सिसिटिभीले भनेको छ, ‘आगो अहिले नियन्त्रणमा आइसकेको छ ।’ सीसीटीभीले सार्वजनिक गरेको भिडियो र तस्बिरमा कारखानाबाट बाक्लो धुवाँ र आगोको मुस्लो देखिन्छ भने प्लान्टबाहिर हेल्मेट लगाएका अग्निनियन्त्रकहरूको एक समूह देखिएको छ ।
आगलागी नियन्त्रणका लागि ३३० भन्दा बढी अग्निनियन्त्रक परिचालन गरिएको सीसीटीभीले जनाएको छ । गत डिसेम्बरमा उत्तरपश्चिम चीनको सिन्जियाङ क्षेत्रमा रहेको एक सुनखानीमा भएको विस्फोटमा परी १८ जना सुरूङमा फसेका थिए ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया