NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ २ गते

मन्त्री छान्ने जिम्मा रविलाई दिने रास्वपाको निर्णय

काठमाडौं ।  सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्री छान्ने जिम्मा पार्टी सभापतिसमेत रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई दिएको छ ।

सोमबार बसेको रासपा पार्टीको संसदीय दलको बैठकले मन्त्री छान्ने जिम्मा लामिछानेलाई दिएको हो । सोमबार साँझ सत्ता सञ्चालन गठबन्धन उच्चस्तरीय समितिको बैठक बस्नुअघि रासपाले लामिछानेलाई मन्त्री छान्ने जिम्मा दिएको छ ।

यसअघि ओली निवास बालकोटमा बसेको प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बसेको बैठकले मन्त्रालयको भागबण्डा टुंग्याउने सहमति गरेका थिए । रासपालाई गृहमन्त्रीसहित चार मन्त्रालय दिने सहमिति भएको थियो ।