सञ्चालनमा रहेका कुनै पनि एटिआर जहाजमा त्रुटि छैन : प्राधिकरण
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हाल सञ्चालनमा रहेका कुनै पनि एटिआर जहाजमा त्रुटि नभेटिएको जनाएको छ ।
प्राधिकरणले आज विज्ञप्ती जारी गर्दै नेपालमा सञ्चालित सबै एटिआर ४२ तथा एटिआर ७२ जहाजको प्राविधिक परीक्षण गर्ने कार्य सकिएको जनाएको छ । परीक्षणको क्रममा ती जहाजहरुमा कुनै पनि प्राविधिक त्रुटि फेला नपरेको प्राधिकरणले जनाएको हो ।
आइतबार पोखरामा यती एयरलाइन्सको एटिआर ७२ जहाज दुर्घटनामा परेसँगै सरकारले सबै वायुयानको प्राविधिक परीक्षण गर्न प्राधिकरणलाई निर्देशन दिएको थियो ।
योसँगै प्राधिकरणले जहाजको उडान योग्यताको लागि दैनिक, उडान पूर्व र निश्चित अन्तरालमा गरिने मर्मतका काम अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन(आइकेओ) को मापदण्डअनुसार हुने गरेको जनाएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया