सञ्चालनमा रहेका कुनै पनि एटिआर जहाजमा त्रुटि छैन : प्राधिकरण
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हाल सञ्चालनमा रहेका कुनै पनि एटिआर जहाजमा त्रुटि नभेटिएको जनाएको छ ।
प्राधिकरणले आज विज्ञप्ती जारी गर्दै नेपालमा सञ्चालित सबै एटिआर ४२ तथा एटिआर ७२ जहाजको प्राविधिक परीक्षण गर्ने कार्य सकिएको जनाएको छ । परीक्षणको क्रममा ती जहाजहरुमा कुनै पनि प्राविधिक त्रुटि फेला नपरेको प्राधिकरणले जनाएको हो ।
आइतबार पोखरामा यती एयरलाइन्सको एटिआर ७२ जहाज दुर्घटनामा परेसँगै सरकारले सबै वायुयानको प्राविधिक परीक्षण गर्न प्राधिकरणलाई निर्देशन दिएको थियो ।
योसँगै प्राधिकरणले जहाजको उडान योग्यताको लागि दैनिक, उडान पूर्व र निश्चित अन्तरालमा गरिने मर्मतका काम अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन(आइकेओ) को मापदण्डअनुसार हुने गरेको जनाएको छ ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया