कुन दलको भागमा कुन मन्त्रालय पर्यो ?
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बनेको तीन सातापछि सत्तासाझेदार दलले मन्त्रालयको भागबण्डा टुंग्याएका छन् । सोमबार मन्त्रालयको बागबण्डा टुंग्याएका दलले मंगलबार आफ्नो भागमा परेको मन्त्रालयमा मन्त्री पठाउँदैछन् ।
प्रधानमन्त्रीको सचिवालयले दलहरूबीच मन्त्रालयको भागबण्डा टुंगिएकाले मंगलबार मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिएको छ ।
बाँडफाँटअनुसार एमालेले परराष्ट्र, स्वास्थ्य, रक्षा, कृषि, भूमि व्यवस्था र महिला मन्त्रालय लिने समझदारी छ । एमालेले यसअघि अर्थ मन्त्रालय लिइसकेको छ ।
माओवादीले सञ्चार, संघीय मामिला र पर्यटन मन्त्रालय पाएको छ । यसअघि नै माओवादीका नारायणकाजी श्रेष्ठले भौतिक योजना मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् ।
रास्वपाले शिक्षा र श्रम मन्त्रालय पाएको छ । रास्वपाले गृह मन्त्रालयको जिम्मा लिइसकेको छ । राप्रपाले उपप्रधानमन्त्रीसहित ऊर्जा, सहरी विकास र खेलकुद मन्त्रालय पाएको छ ।
जनमतलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय परेको छ । जसपा र नागरिक उन्मुक्तिका लागि वन, कानुन र खानेपानी मन्त्रालय छुट्याइएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया