NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ १ गते

सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार एक सय

काठमाडौं  । लगातार उकालो लागिरहेको सुनको मूल्य मंगलबार सामान्य घटेको छ । सुनचाँदी बजारमा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक सय रूपैयाँ घटेर एक लाख पाँच हजार एक सय रूपैयाँ पुगेको छ ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख पाँच हजार २ सय रूपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख चार हजार ६ सय छ ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रूपैयाँले घटेर एक हजार तीन सय ९० रूपैयाँ कायम भएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।