NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ मंसिर १७ गते

नेपाल लाइफको ‘डिजिटल धमाका अभियान’ सार्वजनिक

काठमाडाैं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘डिजिटल धमाका अभियान’ सञ्चालनमा ल्याएको छ । केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक कार्यक्रमकाबीच उक्त अभियानको शुभारम्भ कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले गरेका छन् ।

सूचना प्रविधिमा आएको आमूल परिवर्तन र भूमण्डलीकरणको बढ्दो आकर्षणले संसारलाई साँघुरो बनाउँदै गर्दा सूचना प्रविधिको विकाश क्रमसँग आफ्ना ग्राहक तथा अभिकर्तालाई साक्षात्कार गराउने अभिप्रायका साथ यो अभियान सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । यस माघ महिनाभर बिमा शुल्कको नविकरण अनलाइन माध्यमबाट भुक्तानी गर्ने ग्राहकहरुलाई विभिन्न उपहारको समेत व्यवस्था गरिएको कुरा कम्पनीले जनाएको छ । कम्पनीका अनुसार भुक्तानी सेवा प्रदायक खल्तीबाट बिमाको नवीकरण शुल्क भुक्तानी गर्ने मध्येबाट हरेक हप्ता एकजना भाग्यशाली विजेतालाई इअर बड्स प्रदान गरिने छ ।

त्यसैरी, पहिलो पटक खल्तीको प्रयोग गरी बिमा शुल्कको नवीकरण गर्ने सम्पूर्ण ग्राहकलाई १०० रुपैयाँ क्यासब्याक प्रदान गरिने समेत कम्पनीले उल्लेख गरेको छ । प्रविधिको अधिकतम प्रयोग गर्दै कार्यसम्पादन गर्न अब्बल रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बिमाशुल्क नवीकरणका लागि विभिन्न भुक्तानी सेवा प्रदायकहरु ई-सेवा, खल्ती, फोन पे, कनेक्ट आइपीएस, आइएमई-पे र प्रभु-ग सम्झौता गरेको छ ।

यस कम्पनीका ग्राहकहरुले घरै बसी(बसी आफ्नो प्रिमियम भुक्तानी गर्न सक्नेछन् । कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत पराजुलीले घरबाट नै सहज र सरल तरिकाले प्रिमियम तिर्दा समयको बचत हुनुको साथै कारोबार समेत सुरक्षित हुने विश्वास व्यक्त गरे । आगामी दिनमा कम्पनीलाई अझ प्रविधिमैत्री बनाई ग्राहकहरुलाई छिटोछरितो र चुस्त सेवा प्रवाह गर्न कम्पनी लागिपरेको उनले बताए ।

२०७९ साल असोज मसान्त सम्ममा यस कम्पनीको लगानी १४९।७६ अर्ब रुपैयाँ रहेको छ भने जीवन बिमाकोष १४२ अर्ब ९ करोड रुपैयाँ र सेयरधनी कोष ११ अर्ब ३ करोडभन्दा बढी रहेको छ । कम्पनीमा २ लाख १२ हजार ३६२ भन्दा बढी प्रशिक्षित अभिकर्ता रहेका छन् ।

कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना करिब १ सय ९७ कार्यालय सञ्जालमार्फत जीवन बिमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । यसका साथै कम्पनीले हालसम्म १९७.१८ अर्ब रुपैया बिमा शुल्क आर्जन गरेको छ ।

नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २१ वटा बिमा योजनाअन्तर्गत ३१ लाख १५ हजार ४२० बिमालेख जारी गरिएको छ । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।