राप्रपाको प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही मनोनीत
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको प्रमुख सचेतकमा ज्ञानेन्द्र शाहीलाई मनोनीत गरेको छ ।
गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित शाही मन्त्री बन्ने चर्चा थियो । तर पार्टीले उनलाई संसदीय जिम्मेवारीमा अघि बढाउँदै प्रमुख सचेतकको जिम्मेवारी दिएको छ ।
पार्टी संसदीय दलको विधानबमोजिम उनलाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले प्रमुख सचेतकमा मनोनीत गरेको सो पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

ताजा अपडेट
-
प्रधानमन्त्री भन्छन्- मलाई पनि राजदूत बन्न मन छ, पीएमको नम्बर दिनुस् न
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन


प्रतिक्रिया