पानी र हिउँ नपर्दा म्याग्दी र मुस्ताङका किसान चिन्तित
मुस्ताङ । यस वर्ष समयमै हिउँ र पानी नपर्दा हिमाली जिल्ला म्याग्दी र मुस्ताङका किसान चिन्तित भएका छन् । विगतका वर्षमा मङ्सिर तेस्रो सातादेखि हिउँ पर्ने म्याग्दीका उच्च पहाडी क्षेत्र तथा मुस्ताङमा यस वर्ष माघ लागिसक्दा पनि हिउँ नपरेपछि बालीनाली सुक्न थालेका छन् भने हिमालहरू कालोपत्थरमा परिणत हुँदै गएका छन् ।
हिउँदमा पानी नपरेपछि हिउँदे खेती सिँचाइको अभावमा खेत, बारीमा नै सुक्दै गएको म्याग्दीका अगुवा किसान चन्द्रवहादुर कार्कीले बताए । पहिला यो समयमा मुस्ताङका खेतबारी र डाँडापाखा हिउँले ढाकिन्थे । तर यस वर्ष हिउँ नपर्दा डाँडापाखा उराठलाग्दा र खेतबारी सुक्खा भएको मुस्ताङको मार्फाका कृषक शोभा गुरुङले जानकारी दिए ।
म्याग्दी जिल्लाको माथिल्लो क्षेत्रमा गत वर्ष पुस नलाग्दै हिउँ परेको थियो । यस वर्ष माघमा समेत हिउँ नपर्दा आलु, उवा, गहुँ जस्ता बाली बारीमै सुक्न थालेको किसानहरू बताउँछन् । समयमा हिउँ र पानी नपरे पनि यो वर्ष गत वर्षभन्दा धेरै चिसो महसुस भएको उच्च लेकाली क्षेत्रका बासिन्दा बताउँछन् । हिउँ पर्ने समयमा हिउँ नपरेको र जलवायुको तापक्रमसमेत बढ्दै गएकाले यहाँका बासिन्दा चिन्तित छन् । वनजङ्गलको तीव्र फँडानी, विभिन्न हानिकारक ग्यासको उत्सर्जनलगायत कारण जलवायुमा परेको असरले वातावरणमा यस्तो परिवर्तन देखापरेको वातावरणविद् चन्द्रमणि सापकोटाले बताए ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया