आजको मौसम : सुदूरपश्चिम र कर्णालीमा वर्षाको सम्भावना
काठमाडाैं । पश्चिमी न्युन चापीय प्रणालीको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली हुने भएको छ । सो प्रणालीको प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेशका केही पहाडी भू-भागमा वर्षाको सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थान तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । विभागका अनुसार राति सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुने सम्भावना छ ।
काठमाडौ उपत्यकाको आजको न्यूनतम तापक्रम चार दशमलव दुई डिग्री र अधिकमत तापक्रम १५ दशमलव सात डिग्री सेल्सियस छ । आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम माइनस चार दशमलव तीन डिग्री सेल्सियस तथा सबैभन्दा बढी जनकपुरको अधिकतम तापक्रम २१ दशमलव छ डिग्री सेल्सियस छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया