NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते

सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । सुनचाँदी बजारमा बुधबार  प्रतितोला ६ सयले घटेको सुनको मूल्य आज स्थिर छ । हिजो प्रतितोला एक लाख चार हजार पाँच सय तोकिएको सुनको मूल्य आज सोही मूल्य कायम भएको हो ।

आज तेजाबी सुनको मूल्य बुधबारकै मूल्य प्रतितोला रु एक लाख चार हजार छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर छ । आज चाँदी बिहीबारकै मूल्य एक हजार तीन सय ५५ तोकिएको महासंघले जनाएको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष