प्रधानमन्त्री दाहालद्वारा डा. रुइतलाई बधाई

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डा सन्दुक रुइतले राज्यसँग गरेको अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिने बताएका छन् । डा. रुइतले बहराइनको प्रतिष्ठित इशा अवार्ड पाएकोमा बधाई दिँदै उनले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री दाहालले आज बिहान सामाजिक सञ्जालमार्फत डा. रुइतलाई बधाई दिँदै राज्यसँग उनले गरेको अपेक्षालाई गम्भीरतापूर्वक लिने बताएका हुन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ‘वरिष्ठ नेत्र चिकित्सक डाक्टर सन्दुक रुइतले प्रतिष्ठित इशा अवार्ड प्राप्त गर्नुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछु । मानव कल्याणको क्षेत्रमा उहाँको योगदान देशकै लागि प्रतिष्ठित र प्रशंसनीय छ । राज्यसँग उहाँले गरेका अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिनेछ ।’
डाक्टर रुइतले आफ्नो पछिल्लो उपलब्धिलाई सरकारले कसरी लिन्छ भन्ने बारेमा नजिकबाट हेरिरहेको बताएका थिए । आँखा उपचारमार्फत उनले मानव सेवामा गरेको योगदानको कदर गर्दै बहाइनले झण्डै रु १३ करोड पुरस्कार राशिको इशा अवार्ड प्रदान गर्ने निर्णय गरेको छ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया