पोखरा विमान दुर्घटनाबारे सदनलाई जानकारी गराउन सभामुखको सरकारलाई रूलिङ

काठमाडाैं । सभामुखको भूमिकामा रहेका जेष्ठसदस्य पशुपति शमशेर राणाले माग १ गते पोखरामा भएको विमान दुर्घटनाको वास्तविकताबारे र सरकारकाे तर्फबाट भइरहेका पछिल्लो अवस्थाबारे जानकारी गराउन सरकालाई रूलिङ गरेका छन् ।
विहीबार संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकमा विपक्षी सांसदहरूले विमान दुर्घटनाको सत्यतथ्यबारे जानकारी माग गरेपछि सभामुखले सो रूलिङ गरेका हुन् ।
सभामूखको रूलिङपछि सरकारको तर्फबाट नागरिक उड्ययन तथा पर्यटनमन्त्री सुदन किराँतीले सरकारबाट भइरहेको कामको विवरण प्रस्तुत गरेका छन् ।
सदनलाई जानकारी गराउँदै मन्त्री किराँतीले मृत्यु भएकाहरूमध्ये शव पहिचान नभएकाहरूकाे काठमाडाैंको शिक्षणअस्पललमा पोष्टमार्टमको काम भइरहेको, घटनाको छानविन गर्न पाँच सदस्य उच्चस्तरीय समिति गठन गरिएको र अन्तिरिक हवाइ उडानलाई प्रभाकारी बनाउन प्राधिकरणलाई निर्देशन दिएको जानकारी गराए ।
ताजा अपडेट
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
प्रतिक्रिया