NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

‘एउटै ल्यापटपको ६५ लाख शीर्षक’ समाचारप्रति दूरसञ्चार प्राधिकरणको ध्यानाकर्षण

काठमाडाैं । सञ्चारमाध्यमा छापिएको ‘दुरसञ्चार प्राधिकरणमा सेटिङ, १ अर्ब १५ करोडको उपकरण, एउटै ल्यापटपको ६५ लाख’ शीर्षकमा छापिएको समाचारमा कुनै सत्यता नभएको भन्दै नेपाल दुरसञ्चार प्राधिकरणको ध्यानाकर्षण भएको छ । प्राधिकरणले एक विज्ञप्ति जारी गदैै उक्त समाचार वास्तविकतालाई तोडमोड गरेर जनमानसमा भ्रम सिर्जना हुने गरी प्रकाशित गरेको जनाएको छ ।

प्राधिकरणले सो समाचारमा उल्लेख भएअनुसार ६५ लाख मुल्यको ल्यापटप नभएको जानकारी गराएको छ ।

विज्ञप्तिमा भनिएको छ ‘समाचारमा उल्लेख भएअनुसार ६५ लाख मूल्यको ल्यापटपको विषयमा उक्त ल्यापटप customized Drive test Equipment (नेपाल दुरसञ्चार प्राधिकरणले जारी गरेको दुरसञ्चार सेवाको गुणस्तर मापन सम्बन्धी विनियमावली, २०७३ मा उल्लेखित, key performance indicators (kpi) हरु मापन गर्नका लागि प्रयोग गरिने Hardware (including laptops) भएको साथै त्रिभुवन विमानस्थल भन्सार कार्यलयको प.सं २०७९ ८० (मूल्यांकन) च.न.३९० मिति २०७९/७/१८ को पत्र अनुसार probing server को सम्बन्धमा नियन्त्रण गर्ने उपकरणको भन्सार उपशीर्षक ९०३२.८९.०० मा लाग्ने भन्सार महसुल र मूल्य अभिवृद्धि कर धरौटी राखि मालवस्तु वर्गीकरणको भन्सार उपशिर्षक यकिनका लागि भन्सार विभागलाई लेखि पठाउनुु पर्नै व्यहोराको पत्र प्राप्त भएपश्चात यस प्राधिकरणले यससम्बन्धी विज्ञलाई तेस्रो पंक्षीय परीक्षण गराउँदा उक्त उपकरण v probe server नै भएको पाइएको छ ।’

प्राधिरणले उक्त तथ्यभन्दा बाहिर गई समाचार सम्प्रेषण नगर्नसमेत सञ्चार माध्यमलाई आग्रह गरेको छ । सो विषयमा थप जानकारी चाहिएमा प्राधिकरणको आधिकारिक व्यक्तिमार्फत विवरण लिनसमेत विज्ञप्तिमा भनिएको छ ।