NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

आइतबार सार्वजनिक विदा

काठमाडाैं । सरकारले माघ ८ गते (आइतबार) सार्वजनिक विदा दिने निर्णय गरेको छ । आइतबार तामाङ समुदायको महान चाड सोनाम ल्होसारको अवसरमा सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।

सार्वजनिक विदा भएसँगै सार्वजनिक संघसंस्था, शैक्षिक संघसंस्था, बैंक, बीमा, कम्पनीलगातका क्षेत्र बन्द रहनेछन् ।

सोनाम ल्होसार विशेषगरी तामाङ समुदायले नयाँ वर्षको रूपमा मनाउने गरिन्छ । सोनाम लोसार किसानहरूले बालिनाली उठाएपछि मनाइने चाड हो ।

ल्होसार मनाउने समुदायले  ‘ल्हो’ अर्थात वर्ष बाह्रवटा भएको विश्वास गर्छन् । बाह्र वर्षको नाम पशुपंछी र जीवजन्तुका नामबाट राखिएको हुन्छ । जस्तै : मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, सुँगुर वर्ष । यी बाह्र वर्गलाई यो समुदायले बाह्र राशिको रूपमा पनि लिने गरेको पाइन्छ । बाह्र वर्ष समाप्त भए पछि फेरि उही नाम दोहोर्‍याएर वर्ष गनिन्छ ।

यो वर्ष तामाङ समुदायले बिरालो वर्षको रूपमा मनाउँदैछन् ।