अस्पतालको विल भुक्तानीमा अब कृषि विकास बैंकको क्यू आर कोड सेवा
काठमाडौं । कृषि विकास बैंकले विद्युतीय भुक्तानीको कारोबारमा विगतदेखि जोड दिँदै आइरहेको छ । बैंकका आफ्ना एक्सटेन्सन काउन्टर सञ्चालन गरेका अस्पताल तथा कलेजहरुमा यो सेवा उपलब्ध हुँदै आइरहेको जनाएको छ ।
विशेषगरी सिभिल अस्पताल, काठमाण्डौं र वि.पि. कोइराला क्यान्सर अस्पताल, भरतपुर, चितवनका सेवाग्राहीले यी अस्पतालको बिलमा भएको भुक्तानीका लागि क्यू.आर.कोड स्क्यान गरी सहज रुपमा भुक्तानी गर्न सक्नेछन् । यो सेवाको विस्तार पश्चात अस्पतालमा सेवा लिन जाने सेवाग्राहीहरु नगद बोकेर लैजाने झन्झटबाट मुक्त हुनेछन् ।
बैंकको मोबाइल बैंकिङ सेवाको माध्यमबाट तथा फोन पे नेटवर्कमा आबद्ध विभिन्न बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले क्यू.आर. कोड स्क्यान गरी सेवाग्राहीको सेवा शुल्क सिधै अस्पतालको खातामा जम्मा गर्न सक्ने व्यवस्था रहेको छ । यस प्रकारको सेवाले अस्पताललाई नगद व्यवस्थापन गर्न सजिलो भएको छ भने हिसाव कितावमा पनि भुलचुक कमहुने, छिटोछरितो हुने र पारदर्शिता समेत रहेको अस्पतालको अनुभव रहेको छ ।
यसरी अस्पतालको व्यवस्थापन र सेवाग्राही दुबै बैंकको यस सेवा प्रति सन्तुष्ट रहको अस्पतालले जनाएका छन् । बैंकको ५६ औं वार्षिकोत्सवको अवसरमा बैंकले विद्युतीय कारोबारलाई प्राथमिकता दिई डिजिटल नेपाल बनाउन योगदान दिने उद्धेश्यले यस्तो योजना ल्याएको कुरा मुख कार्यकारी अधिकृत प्रताप सुवेदीले जानकारी दिए।
क्यू.आर.कोडबाट भुक्तानी गर्दा ग्राहकको कारोबार पूर्ण रुपमा सुरक्षित हुने र कारोबारमा फरक परेमा हिसाब मिलान पनि सहज हुने कुरा बैंकको डिजिटल बैंकिङ विभागकका विभागीय प्रमुख गिरीराज रेग्मीले बताएका छन् ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया