प्रभावकारी बन्दै पशु बीमा कार्यक्रम
काठमाडौं । किसानको पशुधनको दृष्टिले राम्रो मानिने बीमा कार्यक्रम पछिल्लो समय सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढी नगरपालिकामा प्रभावकारी बन्दै गइरहेको छ ।
नगर पशु सेवा शाखाबाट जारी सूचनाको आधारमा पशु बीमा कार्यक्रममा सहभागी भइ पशु बीमा गराइएका दुई किसानको भैँसी मरेपछि मूल्याङ्कन बराबरको बीमा रकम वडा नं ७ निवासी ईश्वरीप्रसाद नेपाल र वडा नं ४ निवासी मैया सापकोटाले जनही रु ९० हजार प्राप्त गरेका छन् ।
नगरपालिकाको २०७९÷८० को नीति तथा कार्यक्रम अन्र्तगत कृषि तथा पशु कार्यक्रममा विषेश जोड दिँदै आएको पालिकाले पशु बीमा कार्यक्रममा कूल बिमाङ्कको सङ्घीय सरकारबाट प्राप्त हुने अनुदानबाहेक नगरपालिकाबाट ५० प्रतिशत र कृषकबाट ५० प्रतिशत रकमबाट बीमा कार्यक्रम सञ्चालन हुँदै आइरहेको छ । बीमा रकम हस्तातरण गर्दै नगरप्रमुख कृष्णप्रसाद सापकोटाले यसबाट कृषकलाई प्रत्यक्ष रुपमा आर्थिक लाभ हुने बताए ।
सुरुमा झन्झटिलो प्रक्रियामा नगर पशुशाखाले सहजीकरणको भूमिका निर्वाह गरेपछि कृषक खुसी भएको शाखा प्रमुख अर्जुन खड्काले जानकारी दिए । हाल नगरपालिकामार्फत विसं २०७९ पुस मसान्तसम्म तीन सय ८० गाईभैँसी र २० बाख्राको बीमा भइसकेको छ । दुई सय प्रक्रियामा रहेको पशु शाखाले जनाएको छ ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया