कृषि विकास बैंकको ५६ औं वार्षिकोत्सव सम्पन्न
काठमाडाैं । कृषि विकास बैक लिमिटेडले आफ्नो ५६ औं वार्षिकोत्सव मनाएको छ । शनिबार बैकको मुख्य कार्यालय रामशाहपथ प्राङ्गणमा सम्पन्न उक्त कार्यक्रम नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि पौडेलले बैकले प्रकाशन गरेको वार्षिक विशेषाङ्क तथा बैकको अर्को प्रकाशन साहित्यिक पत्रिका समष्टिको पनि लोकार्पण गरेका थिए । कार्यक्रममा बैकमा २० र २५ वर्ष सेवा अवधि पुगेका कर्मचारीहरुलाई विशिष्ट अतिथि नेपाल राष्ट्र बैकका गभर्नर अधिकारीले पदक तथा कदरपत्र प्रदान गरेका थिए । कार्यक्रममा बैकका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रताप सुबेदीले अतिथिहरुको स्वागत गर्दै बैकले हालसम्म गरेका प्रगति विवरण र आगामी कार्ययोजनाका बारेमा सङ्क्षिप्त चर्चा गरेका थिए ।

वार्षिकोत्सब समारोहमा प्रमुख अतिथि, विशिष्ट अतिथि, बैकका सद्भावना दूत,पूर्व कर्मचारी एवं बैकमा कृयाशील युनियनका अध्यक्ष तथा संयोजकहरु लगायतले ५६ औं वार्षिकोत्सबको सफलताको कामना गरेका थिए । कार्यक्रम बैकका संचालक समितिका अध्यक्ष रमेश दुवाडीको अध्यक्षता सम्पन्न भएको थियो ।
उक्त कार्यक्रमको विशिष्ट अतिथि नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारी थिए भने उक्त कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख कार्यकारी अधिकृत, बैकका सद्भावना दूत वरिष्ठ कलाकार जितु नेपाल, कृषि विकास बैकका पूर्व अध्यक्ष तथा महाप्रबन्धकहरु, बैकका उपमहाप्रबन्धकहरु, बिभागीय प्रमुखहरुलगायत कर्मचारीको उपस्थिति रहेको थियो ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया