जनकपुरका २ युवकको अपहरणपछि भारतमा हत्या

काठमाडौं । जनकपुरधाम उपमहानगरपालिकाका दुई युवकको भारतमा हत्या भएको छ। भारतमा अपहरणमा परेका उनीहरूको अपहरणपछि हत्या भएको हो।
हत्या हुनेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ का २२ वर्षीय विष्णु साह र वडा नम्बर ८ का २५ वर्षीय रोहित साह रहेका छन् । आइतबार भारत बिहार राज्यको पर्सा गाउँको पश्चिमतर्फको फिल्डमा दुवै युवकको शव भेटिएको हो ।
उनीहरु गत पुस २७ मा भारतको सीतामढी जिल्लाको परिहार गाँउमा रहेको रोहितको आफन्तको घरमा जान हिंडेका थिए। उनीहरु बेपत्ता भएपछि दुवै जनाको परिवारलाई अपहरणकारीले गत सोमबारसम्म ५० लाख रुपैयाँ फिरौती माग गरेका थियो ।
घटनापश्चात प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ । घटनामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले २ जना र भारतीय प्रहरीले तीन जनालाई पक्राउ गरेको प्रहरीले बताएको छ । उनीहरुको नाम अहिले गोप्य राखिएको छ । चारजना फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
प्रतिक्रिया