माओवादी केन्द्रले बोलायो स्थायी समिति बैठक, पार्टी एकताको निर्णय होला ?
काठमाडौं । सत्तारुढ दल माओवादी केन्द्रले स्थायी समितिको बैठक बोलाएको छ । पछिल्लो राजनीतिक अवस्था, वामपन्थी एकताका लागि भइरहेको प्रयास, विभागको पूर्णतालगायत विषयमा छलफल गर्न बैठक बोलाएको कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिएका छन् ।
बैठक माघ १२ गते केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने उनले बताए । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनपछि पहिलो पटक बस्न लागेको हो । यसअघि बसेको पदाधिकारी बैठकले उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा वामपन्थीबीच एकता गर्नका लागि वार्ता टोली गठन गरेको थियो । तत्काल नेकपा एस र बाबुराम नेतृत्वको नेसपासँग पार्टी एकता गर्न लागेको माओवादीले तीन वटै पार्टीसँग छलफल जारी राखेको छ ।
‘वृहत्त वामपन्थी एकताका लागि छलफल जारी छ । तत्काल एकीकृत समाजवादी र नेकपा समाजवादीबीच हामी पार्टी एकता गर्छौं’, उपमहासचिव गिरिराजमणि पौडेलले भने, ‘यसबारे आगामी बैठकले ठोस निर्णय गर्ला ।’
एउटै समाजवादी केन्द्र बनाउनका लागि एकीकृत समाजवादीले पनि महासचिव डा. बेदुराम भुसालको नेतृत्वमा कार्यदल गठन गरेको छ । भट्टराईको पार्टीले पनि पार्टी एकताका लागि खाका तयार गरेको छ । स्थायी समिति बैठकले नै केन्द्रीय समिति बैठक तय गर्नेछ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया