नेपाल टी-२० लिगमा स्पट फिक्सिङ गरेको आरोपमा दुई क्रिकेटर पक्राउ
काठमाडौं । नेपाल टी-२० लिगमा स्पट फिक्सिङ र म्याच फिक्सिङ गरेको आरोपमा क्रिकेटर महबुब आलम र मोहम्मद आदिल अन्सारी पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनीहरुलाई पक्राउ गरेको हो । काठमाडौंमा पुस ९ देखि २७ गतेसम्म भएको टी-२० लिगमा म्याच फिक्सिङ र स्पट फिक्सिङ भएको हल्ला चलेपछि सीआईबीले अनुसन्धान थालेको थियो। गत महिना भएको टी-२० लिग सुरुदेखि नै विवादमा परेको थियो।
नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई आयोजनाको जिम्मा दिएको लिगमा स्पट फिक्सिङ भएको भन्दै कमेन्टेटर सचिन तिमिल्सेनाले लिग छाडेका थिए।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया