किन बर्खास्त भए लाम्पार्ड ?
काठमाडौं । प्रिमियर लिग क्लब एभर्टनका मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्ड बर्खास्तगीमा परेका छन् ।
उनीसँग एभर्टनले साढे २ वर्षको सम्झौता गरेको थियो । उक्त समय नसकिँदै उनलाई बर्खास्त गरिएको हो ।
डेलीमेलले प्रिमियर लिगमा टोलीले निरन्तर खराब प्रदर्शन गरेपछि एभर्टनले लाम्पार्डलाई बर्खास्त गर्ने कदम चालेको लेखेको छ । हुन पनि उनले क्लबको नेतृत्व लिएयता टिमले लगातार खराब प्रदर्शन गर्दै आइरहेको थियो । शनिबार मात्रै एभर्टन वेस्ट ह्यामसँग २–० ले स्तब्ध बनेको थियो । लाम्पार्ड नेतृत्वमा एभर्टनले ९ खेल खेलेको छ । जसमध्ये ८ मा हार व्यहोरेको छ ।
लाम्पार्ड इंग्ल्याण्डका पूर्व मिडफिल्डर हुन् । राफायल बेनिटेज बर्खास्त भएपछि एभर्टनले उनलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया