कोइरीलाई एमालेसँग जोडेर धारणा नबनाउन एमाले सांसद महासेठको आग्रह
काठमाडौं । हत्या आरोपी आफ्ना सांसद लक्ष्मी महतो कोइरीमाथि विपक्षी दलले संसदमा प्रश्न उठाएपछि एमाले सांसद रघुवीर महासेठले कोइरी दोषी भए पक्राउ गर्न आग्रह गरेका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सचिवसमेत रहेका महासेठले महतो पक्राउ नगरेको विषयलाई एमालेसँग नजोड्न आग्रह गरेका हुन् ।
उनी दोषी हो भने अघिल्लो सरकारले उनलाई किन पक्राउ गरेन ? मन परेन कि अपराधी भन्ने ? विपक्षी कांग्रेसमाथि प्रश्न उठाउँदै भने, पूर्ववर्ती सरकारले त उहाँलाई सम्मान गर्ने काम भएको थियो । आज आएर प्रश्न उठाउन मिल्छ ?’
साथै उनले कोइरी दोषी भए खण्डमा पक्राउ परे एमालेले हस्तक्षेप नगर्ने उनले बताए । अदालतले दोषी किटानी नगरेकाले अहिले नै अपराधी भएजस्तै गरी उनीबारे धारणा नबनाउन उनले अनुरोधसमेत गरे ।
ताजा अपडेट
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


प्रतिक्रिया