ब्रिटिस प्रोफेसनल कलेजकी रिया तेस्रो पटक विश्वकै सर्वोत्कृष्ट छात्रा बनिन्
काठमाडौं। द ब्रिटिस कलेजअन्तर्गतको ब्रिटिस प्रोफेसनल कलेज (बीपीसी)मा अध्ययनरत रिया मानन्धर हालै प्रकाशित परीक्षाको नतिजामा विश्वकै दोस्रो सर्वोत्कृष्ट छात्रा बन्न सफल भएकी छन्। कलेजको एशोसियसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स (एसीसीए) कार्यक्रममा अध्ययनरत रियाले ‘फाइनालसियल म्यानेजमेन्ट’ विषयमा ९८ प्रतिशत अंक ल्याएर वल्र्ड टप गरेकी हुन्।
२० वर्षिया मानन्धरले गएको वर्ष मार्चमा भएको एसीसीएअन्तर्गतको पर्फमेन्स म्यानेजमेन्ट परीक्षामा ९१ प्रतिशत प्राप्त गरी विश्वकै सर्वोत्कृष्ट बनेकी थिइन्। त्यस्तै सन्२०२१ को मा ट्याक्सेसन पेपरमा ९८ प्रतिशत ल्याउँदै उनले विश्व टप गरेकी थिइन्। यस वर्ष पनि उनले ‘फाइनालसियल म्यानेजमेन्ट’ विषयमा ९८ प्रतिशत ल्याउँदै वल्र्ड टप गर्न सफल भएकी हुन्।
एसीसीए कार्यक्रम विश्वको सबैभन्दा ठूलो र छिटो बढिरहेको अन्तर्राष्ट्रिय लेखा निकाय हो । यसका विश्वका १७९ देशमा ५ लाख ३५ हजार विद्यार्थी र २ लाख ३३ हजार सदस्यहरु रहेका छन्। विश्वभरका हजारौं विद्यार्थीहरुको लागि बनाइएको प्रश्नपत्रहरूमा सबैभन्दा उत्तम नतिजा रियाले प्राप्त गरेकी हुन्।
‘मुख्यतया विश्वस्तरीय सुविधा र कलेजका शिक्षकहरूको प्रतिष्ठाको कारणले गर्दा म एसीसीए पढ्नको लागि बीपीसीमा भर्ना भएँ।’ आफ्नो उपलब्धिबारे रियाले भनिन्,
‘विद्यार्थीहरुले बीपीसीको तर्फबाट सबै प्रकारको सहयोग पाउँछन्र मैले पनि परीक्षाको तयारीको लागि शिक्षकहरुबाट राम्रो साथ र सहयोग पाएँ ।’
आफ्नो छात्राले पुनः राम्रो नतिजा ल्याएकोमा कलेजका एसीसीए प्रोग्राम म्यानेजर दिपेन्द्र के. श्रेष्ठले खुसी व्यक्त गरेका छन्। कलेजमा अध्ययनरत रिया तेस्रो पटक सर्वोत्कृष्ट नजिता ल्याउन सफल भएकोमा श्रेष्ठले भने, ‘नेपालमा ब्रिटिस कलेजको एसीसीए कार्यक्रमको प्रतिष्ठा उत्कृष्ट छ । हाम्रा विद्यार्थीहरुले नियमित रूपमा राष्ट्रियस्तरका उपलब्धिहरु हाँसिल गरिरहेका छन्। अन्य विद्यार्थीहरूले पनि उनको पाइला पछ्याउने हामी अपेक्षा गर्दछौं ।’
ताजा अपडेट
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
ग्राहकका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै होण्डा
-
सुनको मूल्य ५ हजार ४०० रुपैयाँले बढ्यो
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने


प्रतिक्रिया