थ्री स्टारले नियुक्त गर्यो मुख्य प्रशिक्षक र गोलकिपर प्रशिक्षक
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग क्लब थ्री स्टारले मुख्य प्रशिक्षकमा मेघराज केसीलाई नियुक्त गरेको छ ।
केसीलाई मंगलबार मुख्य प्रशिक्षकमा नियुक्त गरिएको थ्री स्टार क्लबले जनाएको छ ।
नयाँ सिजनको ‘ए’ डिभिजन लिग नजिकिदै छ । त्यसैलाई लक्ष्य गरेर थ्री स्टारले केसीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
थ्री स्टारको विशेष आग्रहमा सम्झौता गरेको केसीले बताए ।
नयाँ सिजनको ‘ए’ डिभिजन लिग आगामी ११ फागुनबाट सुरु हुँदैछ ।
घरेलु फुटबलका हाइप्रोफाइल प्रशिक्षक केसी अघिल्लो सिजनमा सातदोबाटो युथ क्लबमा आबद्ध थिए ।
यसैबीच, थ्री स्टारले गोलकिपर प्रशिक्षक पनि नियुक्त गरेको छ । क्लबले उज्ज्वल मानन्धरलाई गोलकिपर प्रशिक्षक नियुक्त गरेको हो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया