रोनाल्डोलाई बेन्चमा राख्ने सान्तोष पोल्याण्डको प्रशिक्षकमा नियुक्त

काठमाडौं । कतारमा सम्पन्न विश्वकप फुटबल प्रतियोगितामा क्रिष्टियानो रोनाल्डोलाई बेञ्चमा राखेर आलोचित पोर्चुगिज प्रशिक्षक फर्नान्डो सान्तोस पोल्याण्डको राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन्। उनलाई पोल्याण्डले तीन वर्षका लागि यो जिम्मेवारीमा अनुबन्ध गरेको हो ।
पोल्याण्डको पोलिस फुटबल फेडेरसनले सान्तोसलाई तीन वर्षका लागि आफ्नो राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
कतार विश्वकपको क्वाटरफाइनलमा पोर्चुगल मोरक्कोसँग पराजित भएको थियो । यो पराजयपछि बर्खास्तगीमा परेका उनी बेरोजगार थिए ।
त्यसो त, सान्तोसको नेतृत्वमा पोर्चुगलले दुई उपाधि युरोकप र नेसन्स लिग जितेको थियो ।
ताजा अपडेट
-
बैठक नै नबसी प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित
-
‘उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट’
-
सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने मन्त्रालयको तयारी
-
नागरिकता ऐन संशोधन विधेयक छिटो पारित गर्न गृहमन्त्रीको आग्रह
-
विश्व वातावरण दिवसको अवसरमा ग्लोबल आइएमई बैंककाे वृहत् बृक्षारोपण कार्यक्रम आयोजना
प्रतिक्रिया