रोनाल्डोलाई बेन्चमा राख्ने सान्तोष पोल्याण्डको प्रशिक्षकमा नियुक्त
काठमाडौं । कतारमा सम्पन्न विश्वकप फुटबल प्रतियोगितामा क्रिष्टियानो रोनाल्डोलाई बेञ्चमा राखेर आलोचित पोर्चुगिज प्रशिक्षक फर्नान्डो सान्तोस पोल्याण्डको राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन्। उनलाई पोल्याण्डले तीन वर्षका लागि यो जिम्मेवारीमा अनुबन्ध गरेको हो ।
पोल्याण्डको पोलिस फुटबल फेडेरसनले सान्तोसलाई तीन वर्षका लागि आफ्नो राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
कतार विश्वकपको क्वाटरफाइनलमा पोर्चुगल मोरक्कोसँग पराजित भएको थियो । यो पराजयपछि बर्खास्तगीमा परेका उनी बेरोजगार थिए ।
त्यसो त, सान्तोसको नेतृत्वमा पोर्चुगलले दुई उपाधि युरोकप र नेसन्स लिग जितेको थियो ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया