प्रेमप्रसादलाई रकम नदिनेको दैलोमा गएर आन्दोलन गर्ने रञ्जु दर्शनाको चेतावनी
काठमाडौं । राजनीतिकर्मी रञ्जु दर्शनाले व्यवसायी प्रेमप्रसाद आचार्यलाई रकम नतिरेर आत्मदाहको बाटो रोज्न बाध्य पार्ने व्यक्तिको दैलोमा गएर आफ्नो नेतृत्वमा आन्दोलन गर्ने चेतावनी दिएकी छन् ।
सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै उनले यस्तो चेतावनी दिएकी हुन् ।
‘प्रेम आचार्यजीले आफ्नो कामबापत पाउनुपर्ने पैसा नदिएकाहरू, उनको श्रीमतीको बैंक खातामा पैसा जम्मा गर्ने प्रबन्ध गर्नु । नत्र एक–एकको दैलोमा आन्दोलन गर्न आउनेछौं । आन्दोलनको नेतृत्व मै गर्नेछु,’ दर्शनाले सामाजिक सञ्जालमा लेखेकी छन् ।
इलामको सूर्योदय नगरपालिकाका आचार्यले लामो सुसाइड नोट लेख्दै मंगलबार संसदभवन अगाडि आत्मदाह प्रयास गरेका थिए । प्रहरीले उद्धार गरेर मंगलबार अस्पताल पुर्याए पनि चिकित्सकले उनलाई बुधबार मृत घोषणा गरेका छन् ।
आचार्यको आत्मदाह प्रहरणपछि सामाजिक सञ्जाल तीव्र तरंगित बनेको छ ।
ताजा अपडेट
-
प्रधानमन्त्री भन्छन्- मलाई पनि राजदूत बन्न मन छ, पीएमको नम्बर दिनुस् न
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन


प्रतिक्रिया