पाम तेल निर्यातमा गिरावट, ६ महिनामा १८ अर्बको आयात हुँदा निर्यात १३ अर्ब
काठमाडौं । चालु आव २०७९/८० को पहिलो ६ महिना अर्थात साउनदेखि पुससम्मको तथ्यांकअनुसार नेपालबाट विदेश निर्यात हुने मूख्य वस्तु पाम तेलको निर्यातमा गिरावट आएको छ ।
चालु आवको पहिलो ६ महिनाको तथ्यांकअनुसार नेपालबाट कुल १३ अर्ब ८ करोड ८२ लाख ४४ हजार रूपैयाँको पाम तेल निर्यात भएको छ । जुन गत वर्षको तुलनामा १८ अर्ब रूपैयाँले कमी हो ।
गत वर्ष ०७८/७९ को सोही अवधिमा नेपालबाट ३१ अर्ब ९७ करोड ५५ लाख ८६ हजार रूपैयाँको पाम तेल भारत निर्यात भएको थियो ।
आयातमासमेत गिरावट
चालु आवको ६ महिनामा पाम तेल निर्यातमा मात्रै नभएर आयातमा समेत गिरावट आएको देखिएको छ ।
गत आव ०७८/७९ को पुससम्ममा २८ अर्ब ७८ करोड २९ लाख ६८ हजार रूपैयाँको कच्चासहितको पाम तेल आयात भएको थियो । चालु आवको सोही अवधिमा आयात घटेर १८ अर्ब ७९ लाख ८ लाख ८४ हजार रूपैयाँको पाम तेल आयात भएको छ ।
नेपालमा इन्डोनोसिया, फिलिपिन्स, भारत, मलेसियालगायतका देशबाट पाम तेल आयात हुँदै आएको छ । नेपालले पाम तेल निर्यात भने छिमेकी मूलुक भारतमा गर्दै आएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया