साँझबाट मौसममा क्रमिक सुधार हुने
काठमाडाैं । देशका खासगरी पूर्वी भेगबाहेक अधिकांश क्षेत्रमा बदली हुनका साथै कतिपय स्थानमा हल्का वर्षा र हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पश्चिमी भू–भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले वर्षा र हिमपात गराएको हो ।
महाशाखाका मौसमविद रोजन लामिछानेका अनुसार अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनीको पहाडी भू–भागमा वर्षा र हिमपात भइरहेको छ । तराईका केही भेग र गण्डकी प्रदेशमा बदली रहेको छ । काठमाडौँ उपत्यकाको आकाशमा हल्का बदली रहेको छ । साँझबाट मौसम क्रमिक रुपमा सुधार हुनेछ ।
महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै भूभागमा हल्का वर्षा हुनका साथै ती प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात भइरहेको महाशाखाले जनाएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया