तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा विद्यालय भवन निर्माण
काठमाडाैं । तनहुँ जलविद्युत् आयोजनाले आयोजना प्रभावित व्यास नगरपालिका-५ बेनीपाटनमा विद्यालय भवन निर्माण गर्ने भएको छ । नगरपालिकाले उपलब्ध गराएको जग्गामा पराशर माध्यमिक विद्यालयको आठ कोठा भएको दुई तले भवन निर्माण हुन लागेको हो ।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेल श्रीपञ्चमीको दिन पारेर आज उक्त भवनको शिलान्यास गरेका छन् । भवन निर्माणका लागि आयोजना र निर्माण व्यवसायी ऐञ्जल पारस जेभीबीच रू एक करोड ३८ लाख २४ हजारको लागतमा ठेक्का सम्झौता भएको आयोजना प्रमुख राजभाई शिल्पकारले जानकारी दिए । ठेक्का सम्झौता गत २५ पुसबाट कार्यान्वयनमा आएको छ । विद्यालय भवनको निर्माण १८ महिनाभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
हालको विद्यालय भवन साँघुरो भएकाले नयाँ भवन निर्माण गर्न लागिएको हो । नयाँ भवन निर्माणपछि अध्ययन अध्यापनमा सहयोग पुग्ने प्रधानाध्यापक रामदत्त पौडेलको भनाइ छ ।
जलविद्युत् आयोजनाले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको छ । आयोजनाले नाला तथा तटबन्धन, आमा समूहको भवन निर्माण, सडक बत्ती जडान, नदी नियन्त्रण लगायतका काम गर्दै आएको हो ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया