NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा  (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा सरकारको काम कारबाहीलाई थप प्रभावकारी बनाउँदै नागरिकका अपेक्षालाई सम्बोधन गर्ने विषय केन्द्रित रहेको प्रधानमन्त्रीका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए ।

उनीहरूबीच समसामयिक राजनीतिक विषय, राष्ट्रियसभा सदस्यको निर्वाचन र सरकारको काम कारबाहीका विषयमा नै छलफल केन्द्रित रहेको तमिल्सिनाको भनाइ छ ।