सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बिहीबार हालसम्मकै उच्च मूल्य कामय गरेको सुनको मूल्य साताको अन्तिम दिन शुक्रबार घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ हजार एक सय रूपैयाँ घटेर एक लाख पाँच हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार छापावल सुन प्रतितोला सात सय रूपैयाँले उकालो लागेर एक लाख ६ हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार तीन सय रूपैयाँ कायम भएको छ । बिहीबार तेजावी सुनको मूल्य एक लाख ६ हजार ४ सय रूपैयाँ कायम भएको थियो ।
त्यस्तै बिहीबार तोलामा १५ रूपैयाँ बढेको चाँदी शुक्रबार स्थिर छ । शुक्रबार चाँदी बुधबारकै मूल्य एक हजार ३८० रूपैयाँमा कारोबार भइरहेको छ ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
प्रतिक्रिया