इजरायलको वेस्ट बैंकको जेनिन क्याम्पमा आक्रमण, नौ प्यालेस्टिनी मारिए
काठमाडौं (एजेन्सी) । इजरायलको कब्जामा रहेको वेस्ट बैंकमा भएको आक्रमणमा नौ प्यालेस्टाइनीको मृत्यु भएको छ। विगत २० वर्षमा वेस्ट बैंकको जेनिन शिविरमा इजरायलको यो सबैभन्दा ठूलो घातक हमला हो।
मृत्यु हुनेमा एक ६१ वर्षीया महिला पनि छन् ।
इजरायली सेनाले आफ्ना सैनिकहरू ‘इस्लामिक जिहादी’लाई पक्राउ गर्न गएको बताएको छ ।
प्यालेस्टिनी प्राधिकरणले यसलाई ‘नरसंहार’ भनेको छ ।
जेरुसेलम नजिकैको पास अल–राम सहरमा इजरायली सैनिकहरूसँगको झडपमा दशौं प्यालेस्टिनीको मृत्यु भएको छ ।
जेनिन रेडमा मारिएका नौ जनाको मृत्युको विरोधमा यहाँ प्रदर्शन भइरहेको छ ।
इजरायली सेनाले यस क्षेत्रमा ‘आतंकवाद विरोधी’ हमला गरिरहेको बताएपछि वेस्ट बैंकमा तनाव बढेको छ।
बिहीबार बिहान शहरी जेनिन शरणार्थी शिविरमा भारी गोली र विस्फोटको आवाज गुन्जिरहेको थियो। प्यालेस्टिनी क्षेत्र र इजरायली सेनाबीच तीन घण्टासम्म यो भिडन्त चलेको थियो ।
प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा ६१ वर्षीय म्याग्डा ओबेद, २४ वर्षीय साएब इजरकी र २६ वर्षीय इज्जेदिन सलाहत रहेका छन् । यस हमलामा २० जना घाइते भएका छन्, जसमध्ये चारको अवस्था गम्भीर छ।
ताजा अपडेट
-
‘साउन १ गतेदेखि बर्डफ्लुको संक्रमण देखिएको छैन’ : पशु सेवा विभाग
-
मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु
-
स्वास्थ्यसम्बन्धी तीन महत्त्वपूर्ण ऐन संशोधनका मस्यौदामा सात दिनभित्र सुझाव दिन मन्त्रालयको आग्रह
-
विपदबाट बच्न मनसुन अवधिभर सावधानी अपनाउन आग्रह


प्रतिक्रिया